सिद्दबाबा मन्दिर क्षेत्र, भिक्षा निषेधित घोषणा

एटुजेड समाचार

बुटवल,असोज २७ – पाल्पा तिनाउ – ३ स्थित सिद्दबाबा मन्दिर क्षेत्र र बुटवल – ३ स्थित सिद्दा बाबा धाम क्षेत्र आजबाट औपचारिक रुपमा भिक्षा माग्न निषेधित क्षेत्र घोषणा भएको छ । सहयोगापेक्षी बेसहारा अभिभावकबिहिन भएर कसैले पनि रहन नपर्ने एवं भिक्षा माग्न निषेधित क्षेत्र घोषणा भएको हो ।

प्रदेश नं ५ सामाजिक विकास मन्त्रालय, सिद्दबाबा मन्दिर र सिद्दबाबा धाम समिति र मानवसेवा आश्रमको संयुक्त प्रयासमा घोषणा कार्यक्रम सम्पन भएको थियो । घोषणा कार्यक्रममा सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री शुदर्शन बराल,मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारी, प्रदेश सभा सदस्य, मन्त्रालयका सचिव, महाशाखा प्रमुख, वडा अध्यक्षहरु एवं जनप्रतिनिधी, दुबै मन्दिर र धाम समितिका पदाधिकारीहरु, मानवीय सेवामा समर्पित अभियन्ताहरू एवं आश्रमका अभिभावकहरुको उपस्थिति रहेको थियो।

मन्दिर र धाम क्षेत्रमा मागरे बसिरहेका सहयोगापेक्षी एवं माग्ने नै पेशा बनाएर बस्ने गरि १८ जना मध्ये सहयोगापेक्षी ७ जानालाई मानवसेवा आश्रम बुटवल शाखामा गृह प्रवेश गराएको छ भने ११ जना आज देखि माग्ने पेशा त्यागेर स्वाबलम्बी बन्ने र सडकपेटी एवं सार्वजनिक स्थलहरुमा बेसहारा भएर नबस्ने प्रतिबद्दता जनाएको छ ।

प्रदेश नं ५ सरकारले सिँगो प्रदेशलाई सहयोगापेक्षी बेसहारा सडकमानव मुक्त प्रदेश निर्माण गर्ने निति बमोजिम आज प्रसिद्द धार्मिक स्थल सिद्द बाबा मन्दिर र धाम क्षेत्र लाई घोषणा गरि सातै प्रदेश घोषणा गर्ने लक्ष्यको पहिलो खुड्किलो पार गरिएको मन्त्री सुदर्शन बरालले बताए ।

तिहार पछि सम्पूर्ण स्थानिय सरकारहरु सँगको समन्वय, प्रतिबद्द्ता र प्रदेश सरकारको अभिभाकत्वमा रुपन्देही जिल्ला घोषणाको गृहकार्य सुरु भई सकेको मानवसेवा आश्रम प्रदेश नं ५ संयोजक एवं केन्द्रीय महासचिव शुशिला के.सीले जानकारी दिईन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु