फेरी अर्को दु:खद खबर : काभ्रेपलाञ्चोकमा निशान गाडी दुर्घटना हुँदा ३ को मृत्‍यु, १५ घाइते

एटुजेड समाचार

बनेपा, असोज २४ – काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।आज (शुक्रबार) साँझकाभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निशान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान, वकिल बोम्जन तथा नाम र ठेगाना नखुलेको एक जना रहेको तिम्सिनाले बताए । मोक्तान र बोम्जनको घटनास्थलमा तथा अर्काे यात्रुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मुत्यु भएको हो । दुर्घटनामा घाइते भएका यात्रुको अहिले स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेको उनले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु