इरानी तेल ट्याङ्करमा आगोलागी, तेल लाल सागरमा फैलिए

एटुजेड समाचार

असोज २४ – इरानको एउटा तेल ट्याङ्करमा आगो लागेको छ । इरानी सञ्चारमाध्यमका अनुसार यो घटना साउदी अरबको समुद्री तट जेद्दा बन्दरगाह नजिक आगो लागेको हो ।

विस्फोट हुँदा इरानी ट्याङ्कर साउदी अरबको तटीय शहर जेद्दाबाट ९७ किलोमिटरको दुरीमा थियो ।आगो लागेको तेलको ट्याङ्कर इरानको तेल कम्पनी एनओआईसीको हो ।  तेल ट्याङ्करलाई दुइटा संदिग्ध रकेटले निशाना बनाएका थिए । नेशनल इरानी ट्याङ्कर कम्पनीले आफ्नो बयानमा भनेको छ, ‘यो आक्रमण मिसाइलको माध्यमबाट गरिएको हामीले अनुमान गरेका छौँ ।’

आक्रमणबाट ट्याङ्करको दुइटा भण्डारमा क्षति पुगेको छ, जसका कारण तेल लाल सागरमा फैलिएको छ । आक्रमणबाट मानिसहरुलाई भने केही पनि नभएको जनाइएको छ । गएको महिना १८ ओटा ड्रोन र सात ओटा क्रुज मिसाइलद्वारा साउदी अरबको महत्वपूर्ण तेल प्लान्टमा आक्रमण भएको थियो । यो आक्रमणको आरोप इरानमाथि लगाइएको थियो । जुन र जुलाई महिनामा पनि दुइटा तेल ट्याङ्करमा आक्रमण भएको थियो । त्यस बेला पनि अमेरिकी अधिकारीहरुले यसको लागि इरानलाई जिम्मेवार ठहराएका थिए ।

यसअघि पनि मे महिनामा चार ओटा तेल ट्याङ्करमा आक्रमण भएको थियो । यद्यपि इरानले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आइरहेको छ । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु