जाजरकोट,असोज १७ – राम्रो लगाउने र मीठो खाने कसलाई पो रहर हुँदैन र ? सबैलाई घरमा बसेर दशैँको समयमा रमाइलो गर्ने उत्तिकै लागेको हुन्छ, तर जाजरकोेट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा बसेर गिट्टी कुट्दै दशैँ खर्च जुटाउने बालबालिकाको सङ्ख्या पनि ठूलै छ ।
सयौँ व्यक्ति यही बाटो हुँदै हिँड्ने गर्दछन्, तर यहाँका दलित र जनजाति समुदायका बालबालिका भने हतौडा हातमा लिएर गिट्टीको खातमा दशैँका लागि खर्च जुटाउने उपाय खौज्दैछन् ।
रुकुम पश्चिम आठविसकोट नगरपालिका–११ रिटा गाउँ नजीकै त्रिभुवन मावि दल्लीमा कक्षा ६ मा पढ्ने सावित्रा घर्ती सडकमै गिट्टी कुट्न थालेको पाँच दिन बितेको छ । घरमा बाबा नभएका कारण आमाले कमाएको रकमले घर खर्च नटरेपछि बाध्य भएर गिट्टी कुट्न लागेको उनले बताइन् ।
“गिट्टी कुट्दै गर्दा यही बाटो भएर साथीहरु जान्छन्, तर म भने कसैसँग नहेरी गिट्टी कुटिरहन्छु”, सावित्राले भनिन् ।
उनीसँगै अर्का नौ वर्षे बालक सरोज घर्ती पनि गिट्टी कुट्छन् । विद्यालयमा छुट्टी भएका कारण गिट्टी कुट्न लागेको उनले बताए ।
“विद्यालय सञ्चालन भएपछि दैनिक पढ्न जान पर्छ”, उनले भने, “अहिले फुर्सदको समयमा गिट्टी कुटेर कमाएको पैसाले दशैँ र अन्य काम गर्नुपर्ला ।”
उनीसँगै कक्षा ३ मा पढ्ने रमेश विक सकी÷नसकी गिट्टी कुट्ने काममा लागेका छन् । “गिट्टी कुट्दाकुट्दै कहिले घामले चर्काउँछ, कहिले पानीले भिजाउँछ”, उनले भने । अहिले आर्थिक अभावका कारण समस्यामा परेका अधिकांश बालबालिका आँफै मजदुरी गर्दै आमाबाबालाई सघाउने गर्दछन् । तीस किलोको बोरामा गिट्टी कुटेर दिएमा रु ४० पाउने गरेको उनीहरुको भनाइ छ । La promotion Pari Sans Risque de 1xBet est un bonus qui consiste au remboursement de paris sportifs. Cette promotion est disponible pour les utilisateurs enregistrés ayant un compte actif sur le site de paris sportifs et le casino de 1xBet.Chaque pari effectué permet au client de gagner des points bonus du Code promo pour 1xBet qui peuvent être échangés contre des paris gratuits et d’autres offres spéciales dans la boutique PROMO CODE.Afin de bénéficier du bonus de bienvenue de 1xBet, le client doit tout d’abord disposer d’un compte utilisateur valide.
गिट्टी कुट्दा काम गर्न सजिलो होस् भनी पानीको मूल भएको ठाउँमा गएर काम गरिरहेको उनीहरु बताउँछन् । कसैलाई दशैँ आएको छ भने कसैलाई दशा आएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाइ छ । दिनभरि गिट्टी कुट्दा पहिले पहिले हात दुखे पनि अहिले, दुख्न छाडेको उनीहरु बताउँछन् । उनीहरु अभावकै बीचमा सङ्घर्षबाट कमाएको पैसाले उज्यालो भविष्यको सपनालाई सार्थक बनाउने योजनामा छन् । रासस


