दशैँका लागि नुवाकोटमा नयाँ नोटको अभाव

एटुजेड समाचार

नुवाकोट,असोज १७ – नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको रु दुई करोड नयाँ नोटले मागअनुसार प्राप्त हुन नसकेको हो ।

सोमबारदेखि बुधबारसम्म बैंकको शाखा कार्यालय विदुरबाट नयाँ नोट वितरण गर्ने भए पनि मागअनुसार नोट दिन नसकेको शाखा प्रमुख सुजन राजकर्णिकारले जानकारी दिए । उनका अनुसार नुवाकोटका लागि नेपाल राष्ट्र बैंकसँग तीन करोड रुपैयाँ माग गरे पनि त्यो अनुसार प्राप्त नहुँदा अभाव देखिएको हो ।

शाखा प्रमुख राजकर्णिकारले नयाँ नोटले माग धान्न नसकेपछि सटही गरिएको पुराना नोटका समेत अभाव भएको र दशैँको समयमा नयाँ नोट नै प्रयोग गर्नुपर्छ भन्ने भावना हटाउन जागरुक हुनुपर्ने देखिएको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु