काठमाडौं, असोज १३ – सरकारले दशैंका लागि बिक्री गरिने खसीबोका तथा च्याङ्ग्राको मूल्य तोकेको छ ।दशैंलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मूल्य तोकेको कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
कति तोकियो मुल्य
ज्युँदो खसीबोका : ५ सय ५० रुपैयाँ प्रतिकेजी,
ज्युँदो च्याङ्ग्रा : ७ सय ३० रुपैयाँ प्रतिकेजी
मनाङ र मुस्ताङबाट १९ सय २० च्याङ्ग्रा तथा दाङ र मकवानपुरबाट ९ सय वटा खसी बोका ल्याइसकेको प्रबन्ध निर्देशक गौचनले बताए । दशैँको लागि यती खसी, बोका र च्याङ्ग्राले उपभोक्तालाई नपुगे पनि वास्तविक मूल्य जानकारी दिने उद्देश्यले मूल्य तोकिएको उनको भनाइ छ ।


