सलमान खानलाई मार्ने धम्की

एटुजेड समाचार

एजेन्सी, असोज ८ – बलिउड अभिनेता सलमान खानले मार्ने धम्की पाएका छन् । धम्कीको खबर फेसबुकमार्फत भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

पञ्जाब विश्वविद्यालयको विद्यार्थी संगठन ‘सोपू’ भित्रको एक समूहको फेसबुक पेजमा गैरी शूटर नामक युवकले सलमान खानको चित्रमा रातो क्रस लगाएर मार्ने धम्की दिएका छन् ।

यसअघि अपराधी नाइके लरेन्स बिश्नोईले पनि सलमान खानलाई ज्यान मार्ने धम्की दिएका थिए । धम्कीका कारण खानलाई पञ्जावको अदालतमा र बाटोमा पनि सुरक्षा दिइएको थियो । सलमान खानलाई जिल्ला जोधपुर न्यायालयमा पेश हुनुपर्ने समय दिइएको छ ।एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु