कक्षा ११ को नतिजा भोलि मंगलबार प्रकाशित हुने

एटुजेड समाचार

 

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलबार (भोलि) सार्वजनिक गर्ने भएको छ ।

गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को परीक्षाफल मंगलबार प्रकाशित गर्ने गरी तयारी पूरा भएको परीक्षा बोर्डले जानकारी दिएको हो ।

नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक बसेको थियो । बैठकले परीक्षा नतिजा सार्वजनिक गर्नका लागि मंलबार बिहान बैठक बोलाइएको स्रोतले जनाएको छ ।

मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु