नगरपालिकालाई पाँच रुपैयाँ
काठमाडौं, भाद्र ३० – राष्ट्रिय बाल दिवस मनाउन सप्तरीको राजविराजमा भेला भएका बालबालिकाका प्रमुख र उपप्रमुखलाई पाँच रुपैयाँ सहयोग गरेका छन् ।बाल दिवस मनाउने आश्वासन दिएको नगरपालिकाले कुनै कार्यक्रम नगरेपछि भेला भएका बालबालिकाहरुले बाल दिवस मनाउन व्यङ्यात्मक शैलीमा पाँच रुपैयाँ प्रदान गरेका हुन् ।
जिल्ला बाल सञ्जाल, नगर स्तरीय बाल सञ्जाल तथा बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपालको नेतृत्वमा स्थानीय महादेव मन्दिरको प्रांगणबाट निकालिएको र्याली चर्को नाराबाजी गर्दै नगरपालिका पुगेर प्रमुख शम्भुप्रसाद यादव र उपप्रमुख साधना झालाई ज्ञापनपत्रससहित पाँच रुपैयाँ दिएको जिल्ला बाल सञ्जालका अध्यक्ष बरदान श्रेष्ठले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा मनोहर पोखरेलले लेखेक ाछन् ।
तपाइँको प्रतिक्रिया