प्रदेश २ को नामाकरण र राजधानीको विषय टुंग्याउन विशेष समिति गठन

एटुजेड समाचार

जनकपुरधाम, भाद्र २९ – प्रदेश २ को नामाकरण र राजधानीको विषय टुंग्याउन विशेष समिति गठन भएको छ ।प्रदेशसभा कार्य सञ्चालन (पहिलो संशोधन) नियमावली २०७५ को नियम ७३ क को उपनियम (९) र नियम ७३ ख को उपनियम (९)बमोजिम प्रदेशको राजधानी र नामाकरण तोक्ने सम्बन्धी प्रस्तावमाथि दर्ता भएका संशोधन प्रस्ताव समेतको अध्ययन गर्नका लागि समिति गठन गरिएको हो।

सभामुख सरोज कुमार यादवको सभापतित्वमा गठित विशेष समितिको उपसभापतिमा उपसभामुख उपमा देव रहेकी छन्। ११ सदस्यीय सो समितिमा नेकपाका नेता सत्यनारायण मण्डल, रामकुमार यादव, समाजवादी पार्टीका उपनेता रामआशिष यादव, शैलेन्द्र कुमार यादव, राजपा नेपालका सचेतक परमेश्वर साह, रानी शर्मा तिवारी, नेपाली काँग्रेसका रामसरोज यादव, नरेश कुमार यादव र सावित्री देवी साह रहेका छन्।

गठित समितिले प्रदेश नामाकरण तथा राजधानीको टुङ्गो लगाउन सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया गरी १ महिनामा प्रतिवेदन प्रदेशसभा मार्फत सार्वजनिक गर्नेछ।

समितिमा उपसभामुख उपमा देव प्रदेशसभा सदस्य नागेन्द्र राय यादव, सञ्चमाया मोक्तान, उपेन्द्र महतो, शिवचन्द्र चौधरी, सावित्री देवी साह र मुख्यमन्त्री कार्यालयका सचिव शंकर प्रसाद सुवेदी सहित मन्त्रालयका सचिवहरु रहेका छन् । समितिले ५ दिन भित्रमा प्रतिवेदन सार्वजनिक गर्नेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु