चितवन, भाद्र २९ – बाल दिवसको अवसरमा लायन्स क्लब अफ चितवन राईनाे सिटी रत्ननगरले गाेर्खाको गण्डकी गाँउपालिका १ मकैसिंह स्थित सिमान्तकृत प्रजा (चेपाङ )जातिले मात्र अध्ययन गर्ने प्रजावस्ति आधारभुत प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको छ । बाल दिवसको अवसरमा विगत १२ वर्ष देखी गरीब तथा विपन्न वर्ग लक्षित बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्दै आएको क्लबले यस बर्ष प्रजावस्ति आधारभुत प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको हो ।
क्लबले उक्त विद्यालयमा अध्ययनरत १२५ जना प्रजा विद्यार्थीलाई आज एक कार्यक्रमकाबिच विद्यालय पाेशाक (सर्ट, पाईन्ट र स्विटर), झोला र १ वर्षलाई पुग्ने कपि ,कलम ,सिसाकलम लगायतकाे शैक्षिक सामाग्री बितरण गरेकाे हाे । क्लबले इसुजु गाडीकाे अधिकारिक विक्रेता अभियान माेटर्स भरतपुर, जर्नि नेपाल नारायणगढ र न्यु क्यापिटल कलेज सँगको सहकार्यमा उक्त शैक्षिक सामाग्री बितरण गरेको हो ।


लायन्स डिस्ट्रिक ३२५ बि टु का पूर्व डिस्ट्रिक गभर्नर एमजेएफ लायन राजकुमार श्रेष्ठ प्रमुख अतिथी कार्यक्रममा जर्नि नेपालका उपाध्यक्ष तथा रत्ननगर उ.वा.संघका पूर्व अध्यक्ष नारायणकाजी श्रेष्ठ, रत्ननगर उ.वा.संघका पूर्व अध्यक्ष तथा क्लबका निर्देशक ज्ञान बहादुर विसुराल, विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर चेपाङ, विद्यालय व्यवस्थापना समितिका अध्यक्ष राेहित चेपाङ लगायतले बालबालाकिकाे शैक्षिक हक तथा बाल अधिकारका बिषयमा मन्तव्य राखेका थिए ।
कार्यक्रम क्लबका प्रथम उपाध्यक्ष तथा संयाेजक शिक्षाविद् भुपेन्द्र धितालकाे अध्यक्षतामा सम्पन्न भएको हो । उक्त बिद्यालयमा विद्यालय व्यवस्थापन समिति देखि अध्यापन गराउने शिक्षक शिक्षिका तथा विद्यार्थीहरु सबै चेपाङ जातिका मात्र रहेका छन् ।