उज्यालो टाईम्सद्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान

एटुजेड समाचार

भरतपुर – उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.द्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० का वडाअध्यक्ष प्रमेश्वर खनाल प्रमुख अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि खनालले उज्यालो टाईम्स मिडियाले समाजको विकृति, विसंगतिको विरुद्ध आवाज उठाउँदै आईरहेको र अझै मिडियाले आफ्नो कार्यलाई अगाडि बढाउँदै उचाई पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा मनकामना अस्पताल प्रा.लि.का नर्सिङ प्रशासन प्रमुख कविता खतिवडा, चितवन अटो मोवाईल्स रिकण्डिसन एशोसिएसनका अध्यक्ष दिपक खड्का, युरो अटोमोटिभ प्रा.लि.का अध्यक्ष रुबिन रामुदामु लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामनासँगै उज्यालो टाईम्सले प्रकाशन गरेको नववर्ष २०८३ को भित्रपात्रो (क्यालेण्डर) को समेत बिमोचन गरिएको थियो ।

Forbes

उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का निर्देशक राजकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमलाई उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु