चितवन, भाद्र २८ – बाल दिवसको अवसरमा बेटर चितवनले यस पटक पनि दुई जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ । बाल दिवसमा बेटर चितवनले हरेक बर्ष प्रदान गर्दै अएको विद्यार्थी छात्रबृत्ति यो बर्ष माडीका दुई जना बालबालिकाहरूले प्राप्त गर्ने भएका छन् ।
बेटर चितवनका संयेजक सुबास सापकोटाका अनुसार यस बर्ष माडी नगरपालीका वडा नं ८ मा रहेका दक्षीण अयोध्यापुरीको श्री राष्ट्रिय आधारभुत बिद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्र नरेश सुनार र वडा नं ९ को श्री गणेश आधारभुत विद्यालयमा कक्षा १ मा अध्यनरत छात्रा विपना थापालाई छात्रावृत्ति प्रदान गरिनेछ ।उनीहरूलाई झोला, एक वर्षको लागि स्टेसनरी सामग्री, सरसफाई किट, विद्यालय युनिफर्म सहित विद्यालय शुल्क प्रदान गरिने सापकोटाले जानकारी दिए । लगायतका सहयोग पाउँदै छन् ।
यस बर्षको बिद्यार्थी छात्राबृत्तिको लागि चितवन घर भई हाल अष्ट्रेलिया रहेका युवा अभियान्ता दिपेन बाँनियाले सहयेग गरेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि बालबालिकाले शिक्षाबाट बन्चित हुन नपरोस् भन्दै बाँनियाले सहयेग गरेका हुन्। उनले बिगत लामो समयदेखि नेपालका बिभिन्न क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई सहयोग गर्दै आईरहेका छन् ।
बेटर चितवनले गरेका कामहरू निकै प्रभावकारी हुने र बालबालिकाको पनि उल्लेखनिय येगदान पुर्याएको उनले बताए । अष्ट्रेलियामा फुर्सदको समय निकालेर स-साना बालबालिकाहरुलाई दिने नृत्य प्रशिक्षणबाट आएको पारिश्रमिकले बेटर चितवनको विद्यार्थी छात्रबृत्तिको लागि सहयोग गरेको उनले प्रष्ट पारे ।
बेटर चितवनका भाग्य बेक्ने झोला र उपहार न्यानो माया गरि दुई अन्य छात्राबृत्ति कार्यक्रमहरू पनि रहेका छन् । उक्त कार्यक्रमबाट हालसम्म ६६२ जना बालबालिकाहरू लाभान्वित भईसकेका छन् । बाल दिवसकै अवसर पारेर माडीमा विद्यार्थीहरुलाई डेङ्गु रोग सम्बन्धी जानकारी, सरसफाई र फोहोर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका साथै हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिने बेटर चितवनले जनाएको छ ।


