रोनाल्डिन्होले ३९ बर्षको उमेरमा लिए सन्यास फिर्ता, फेरी मैदान फर्कदै
भाद्र २७ – महान फुटबलर रोनाल्डिन्होले ३९ बर्षको उमेरमा सन्यास फिर्ता लिएका छन् । ब्राजिलका सुपरस्टार रोनाल्डिन्होले कोलम्बियाको सान्टा फे बाट फेरि फुटबल खेल्ने निर्णय गर्दै सन्यास फिर्ता लिएका हुन् ।२०१८ को जेनवरीमा सक्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका रोनाल्डिन्हो अक्टोबर १७ तारिखमा हुने मैत्रीपूर्ण खेलबाट फेरि फुटबल मैदानमा खेलाडीका रुपमा फर्किने भएका हुन् ।
२००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा टिमका महत्वपूर्ण योगदान गरेका रोनाल्डिन्होले उमेरलाई पनि चुनौती दिँदै उनले कोलम्बियाको सर्वाधिक सफल क्लबबाट कमब्याक गर्ने लागेको स्थानिय सन्चार माध्यमहरुले जनाएका छन् ।
यस बाहेक उनले कोलम्बियाको डर्बीमा पनि खेल्नेछन् जसमा अमेरिका र डिपोर्टिभो कालीबीच प्रतिस्पर्धा हुनेछ । उनी २ पटकका फिफा बर्ष खेलाडी बिजेता समेत हुन् ।उनका बुवाआमाले गुइबा नदीमा फिसिङ प्ल्यार्टफर्म अवैधानिक रुपमा खोलेको भन्दै अदालतले २ दशमलव ३ मिलियन डलर जरिवाना लगाएको थियो । त्यही मुद्दामा उनलाई पनि अदालतले देश बाहिर जाँदा अनुमति लिनुपर्ने निर्देशन दिएको थियो । एजेन्सी
तपाइँको प्रतिक्रिया