अख्तियारद्वारा सहायक वन अधिकृतविरुद्ध आरोपपत्र दायर

एटुजेड समाचार

काठमाडौं, भदौ २५ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा डोटीको लानाकेदारेश्वर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत (आठौँ तह) सुरेशचन्द्र डिसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले सेवाग्राहीको काठको छुटपुर्जी सिफारिसलगायत कागजी प्रक्रिया सहज गरिदिएबापत रु तीन लाख २६ हजार घुस लिएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो ।

आयोगको अनुसन्धान टोलीले अधिकृत डिसीलाई उक्त घुस रकमसहित नियन्त्रणमा लिएको थियो । यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा प्रवेश गर्ने विष्णुकुमारी पराजुली (शिक्षिका) विरुद्ध पनि मुद्दा दायर गरेको छ । निजले सेवा प्रवेशका क्रममा पेश गरेको विहार संस्कृति शिक्षा बोर्ड, पटनाबाट जाी गरिएको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु