काठमाडौं, भाद्र २४ – युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्वसांसद योगेन्द्र घिसिङलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरले ७ दिनको समय दिएको छ।
घिसिङ सोमबार सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए। रत्नपार्क–भैंसेपाटी रुटको बसमा आफूसँगैको सिटमा बसेकी एक युवतीमाथि घिसिङले यौन दुर्व्यवहार गरेको ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिहंले जानकारी दिइन्।
यौन दुर्व्यवहारपछि ती युवतीले प्रतिकार गरेकी थिइन। यात्रुहरुले खबर गरेपछि घिसिङलाई प्रहरीले पक्राउ गरेको थियो।पक्राउ परेका घिसिङ माओवादी केन्द्रबाट ललितपुरबाट समानुपातिकमा सांसद हुन्।


