श्रीमतीको फोटो अनलाइनमा हाल्ने श्रीमानविरुद्ध मुद्दा दर्ता

एटुजेड समाचार

काठमाडौं, भदौ २३ – श्रीमतीको फोटो अनलाइनमा हाल्ने श्रीमानविरुद्ध मुद्दा दर्ता गरिएको छ । सम्बन्धविच्छेदको मुद्दा अघि बढिरहेका बेला श्रीमतीको अनुमती बिना श्रीमानले इन्टरनेटमा फोटो हालेपछि उनीविरुद्ध शनिबार मुद्दा दर्ता भएको हो ।

पुलिसका अनुसार भारतको फारुखनगरमा बस्ने ३० वर्षीया महिलाले १२ वर्ष अघि आरोपीसँग विवाह गरेकी थिइन् ।पुलिसलाई दिएको उजुरीमा महिलाले उक्त तस्बिर बेइज्जत गर्नका लागि इन्टरनेटमा राखिएको दाबी गरिन् ।नाम नखुलाउने शर्तमा अनुसन्धानमा संलग्न एक पुलिस अधिकारीले भने, ‘आरोपीले सोसल मिडिया प्लेटफर्ममा फोटो अपलोड गरेका हुन् ।

पीडितले बताए अनुसार उनको फोटो अरु कोही व्यक्तिको प्रोफाइलबाट अपलोड गरिएको हो । आरोपीले आफ्नो बेइज्जत गर्ने उद्देश्यसहित यस्तो गरेको उनले दाबी गरिन् ।’पुलिसका अनुसार ती महिलाले सुरुमा साइबर क्राइम पुलिसलाई यसबारे जानकारी दिएकी थिइन् । उनको गुनासो पुष्टिपछि महिला पुलिस स्टेशनमा फरवर्ड गरिएको पुलिसले जानकारी दिए ।

महिला पुलिस स्टेशनकी स्टेशन आवर अफिसर कविताले भनिन्, ‘आरोपीलाई पक्राउ गर्न बाँकी नै छ । उक्त उजुरी साइबर क्राइम पुलिस स्टेशनबाट पाइएको हो । हामी पीडितको नीजि फोटो कसले अपलोड गर्यो र यसको उद्देश्य के थियो भनेर अनुसन्धान भइरहेको छ ।’(एजेन्सी)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु