नदिमा बेपत्ता भएका युवक मृत अवस्थामा

एटुजेड समाचार

बुटवल,भाद्र १६ – नदिमा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेको छ । युवा नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ हातिवनको पिडुरा नदीमा डुबेर वेपत्ता भएका वेपत्ता थिए । वेपत्ता युवालाई गोबरहिया प्रहरीचौकी, जिल्ला प्रहरी कार्यालयको टोली, घरपरिवार र स्थानीय वासीको सक्रियतामा खोजतलास गर्दा सोमबार बिहान १० बजे उनको शव पिडुरा नदिमा फेला परेको गोबरहिया प्रहरीचौकीले जनाएको छ ।

तिलोत्तमा विद्यालय बुटवलमा कक्षा १२ मा पढदै गरेका शैलेन्द्र शनिबार हातिवनस्थित घर आएर आइतबार साथीहरुसँग पिडुरा नदिमा नुहाउन गएका थिए । नुहाउने क्रममा युवा नदिमा डुबेपछि साथीहरु गाउँमा आएर खबर गरेका थिए । त्यसलगत्तै अभिभावक र स्थानीयवासी खोज्न जाँदा नभेटिएको हातिवनवासी विनोद पाण्डेले जानकारी दिए ।

स्थानीय बासिहरुले सोमबार बिहानमात्र युवाको शव फेला पारेका थिए । मृतक युवाको शव पृथ्वी चन्द्र अस्पतालमा पोष्टमार्टमको लागि लगिएको गोबरहिया प्रहरी चौकी इन्चार्ज सीवी ओलीले जानकारी दिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु