पिएसजीको फराकिलो जित

एटुजेड समाचार

भाद्र ९ – पेरीस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वन मा टोलोउस बिरुद्द फराकिलो जित हात पारेको छ । लिगमा लगातार दोस्रो जित निकाल्ने क्रममा पिएसजीले गए राति सम्पन्न खेलमा टोलोउसलाई ४-० ले पराजित गर्‍यो ।

खेलको पहिलो हाफ भने बराबरीमा सकिएको थियो । ५० औं मिनेटमा चोउपा मोटिङले गोल गर्दै पीएसजिलाई अग्रता दिलाए । ५५ औं मिनेटमा पीएसजीले उपहार प्राप्त गर्दै अग्रता दोब्बर बनायो । ७१ औं मिनेटमा एञ्जल डी मारियाले पेनाल्टीमा गोल गर्न चुके ।

७५ औं मिनेटमा मोटीङले ब्यक्तिगत दोस्रो गोल गरेपछी पीएसजीले ३-० को अग्रता लियो । ८३ औं मिनेटमा र्माक्विनोसले गोल गरेपछी पीएसजीलाई ४-० ले बिजयी भयो ।स्टार फर्वार्ड नेयमार यो खेलमा पनि बेन्चमा रहेका थिए । पछिल्लो समय उनले क्लब छोड्ने चर्चा चलिरहेका बेला उनी लगातार २ खेलमा बेन्चमा रहेका हुन् । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु