चितवन, भाद्र ८ – पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका न्युज २४ को चर्चित कार्यक्रम ‘सिधा कुरा जनता सँग’ का कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीनै जनालाई अदालतबाट जिल्ला प्रहरी कार्यालय ल्याईएको छ ।
आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्धा दर्ता भएपछि आज बयान सुरु भएको थियो । तीन जना मध्य आज अस्मिता कार्कीको मात्र बयान सकिएको छ भने रवि र युवराजको बयान भोली हुने भएको छ ।


