काठमाडौं, भाद्र ७ – एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको उपाधि कीर्गिस्तानले जितेको छ । प्रतियोगिता अन्तर्गत आज (शनिबार) सम्पन्न फाइनल खेलमा उज्वेकस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै कीर्गिजस्तानले उपाधि जितेको हो ।लगनखेल स्थित आर्मीको कोर्टमा भएको खेलमा कीर्गिस्तानले उज्वेकस्तानलाई २७-२५, २६-२४ र २५-१९ को सेटमा हरायो ।


