भरतपुरको राष्ट्रिय बाणिज्य बैंकमा भएको आगलागी एक घण्टा पछी नियन्त्रणमा

एटुजेड समाचार

चितवन, भाद्र २ – भरतपुरको चौबिसकोटीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा भएको आगलागी नियन्त्रणमा आएको छ । आज (सोमबार) बिहान करिब ७:३० बजेको समयमा भएको आगलागी एक घण्टा पछी नियन्त्रणमा आएको हो ।

भरतपुर महानगरपालिकाको २ वटा दमकल, खैरहनी नगरपालिकाको एक वटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीको टोलीले र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागीबाट राष्ट्रिय बाणिज्य बैंकको ग्राउण्ड फ्लोरमा पूर्ण रुपमा क्षती पुगेको छ । कोठामा रहेका कम्प्युटर लगायतका अन्य सामानहरु जलेर नष्ट भएका छन् । कोठामा रहेको एसीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । बैंकको महत्वपूर्ण कागजात,पैसाको लकर र सर्बर भने सुरक्षित रहेको छ ।

https://www.youtube.com/watch?v=98Nu8m1yZSU&t=5s

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु