बाटो भुलेको गैंडाको उद्धार

एटुजेड समाचार

चितवन, साउन ३२ – भरतपुरमा चितवन राष्ट्रिय निकृञ्जले बाटो विराएर मानव बस्तीमा पसेको  गैंडाको उद्धार गरेको छ । भरतपुर वडा नम्बर ९ स्थित वसपार्क पछाडि गैंडा देखिएको हो । शनिबार बिहान ४:३० बजे मर्निङगवाकमा हिडेका स्थानियले टोलमा गैंडा आएको थाहा पाएर प्रहरीलाई खबर गरेका हुन् ।

राष्ट्रिय निकुञ्जबाट बिहान नौं बजे आएका छ वटा हात्ती र ३० जना टोलीको सहायताले दिउंसो दुई बजे मात्र गैंडालाई नियन्त्रणमा लिन सकिएको थियो ।

डा.अमिर सढौलाका अनुसार गैंडालाई सुईले लठ्याएर खोर भित्र हालिएको हो । प्रहरीका अनुसार गैंडाले टोलबासीलाई कुनै क्षती पुर्‍याएको छैन । २३ वर्षको भाले गैंडा निकुञ्जबाट बाटो भुलेर बस्ती पसेको हो । निकुञ्ज कार्यालय,जिल्ला वन कार्यालय, सामुदायिक वन र नेपाली सेनाको सहयोगमा गैंडालाई उद्धार गरी तमोर ताल क्षेत्रमा लगी छोडिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु