साउन ३१ – भारतीय राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षकमा पुन: रवि शास्त्री नियुक्त भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले शुक्रबार शास्त्रीलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिने निर्णय गरेको हो । । शास्त्रीको कार्यकाल २०२१ सम्म हुनेछ । भारतले २०२१ मा आफ्नै घरमा हुने टी २० विश्वकप पनि उनकै प्रशिक्षणमा खेल्नेछ ।
विश्वकप क्रिकेट सकिएसँगै मुख्य प्रशिक्षक शास्त्रीको कार्यकाल सकिएको थियो । उनले आफ्नै प्रशिक्षणमा भारतलाई विश्वकपको सेमिफाइलसम्म पुर्याएका थिए । २०१७ मा भारतीय मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका उनले अष्ट्रेलियामा हुने टी–२० विश्वकपसम्म जिम्मेवारी पाएका हुन् ।रवि शास्त्रीकै प्रशिक्षणमा भारतले केही दिनअघि मात्रै वेष्ट इन्डिजसँगको एकदिवसीय र टी–२० क्रिकेट सिरिज जितेको थियो । एजेन्सी


