रवि लामिछाने सहित तिनै जनालाई मध्यरातमा चितवन ल्याईयो, शुक्रबार थप प्रकृया अघि बढाइने

एटुजेड समाचार

चितवन, साउन ३१ – पत्रकार शालिकराम पुडासैनिले आफुलाई रवि लामिछाने सहित ३ जना आत्मा हत्या गर्न वाध्य बनाएको भन्ने भिडियो सार्वजनिक भए पछी प्रहरीले बिहीवार नै तिनै जनालाई पक्राउ गरेको छ । न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ बिहीवार नै पक्राउ गरेको हो । पत्राउ परेका तिनै जनालाई गए राती नै चितवन ल्याईएको छ ।

उनिहरुलाई कडा सुरक्षाका विच उनिहरुलाई मध्यरात बजे १ बजे चितवन ल्याइएको हो । तीनै जनाको भरतपुर अस्पतालमा मेडिकल टेष्ट गरिएको छ ।उनिहरुलाई जिल्ला प्रहरी कार्यालयको कष्टडीमा राखिएको छ । शुक्रवार सरकारी वकिलसंगको छलफल तथा परामर्शपछि थप प्रकृया अघि बढाइने चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले बताए ।

पुडासैनीले केही दिन अघी चितवन नारायणगढको होटल कङ्गारुमा झुण्डिएर आत्मा हत्या गर्नुको अघीको एउटा भिडियो बुधवार सार्वजनिक भएको थियो । उक्त भिडियो सार्वजनिक भए पछी यो घटनाले नयाँ मोड लिएको हो ।

सार्वजनिक भिडियोमा न्यु २४ टेलिभिजनको चर्चित कार्यक्रम ‘सिधा कुरा जनता सँग’ मा संचालक चर्चित पत्रकार रवि लामिछानेले आफुलाई आत्माहत्या गर्न वाध्य बनाएको बताएका छन् । पत्रकार रवि लामिछाने, उनी सँगै काम गर्ने युवराज कडेल र अस्मिता कार्कीको कारण आफुले आत्मा हत्या गरेको उनले उक्त भिडियोमा भनेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु