ग्लोबल टी–२० : सोमपालको हक्स फाइनलमा

एटुजेड समाचार

साउन २६ – नेपाली युवा अलराउण्डर सोमपाल कामी आबद्ध रहेको विनिपेग हवक्स ग्लोबल टी–२० क्यानाडा लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।गए राती सम्पन्न प्ले अफको दोस्रो क्वालिफायरमा ब्राम्पटोन वोल्भसलाई ७ विकेटले पराजित गर्दै हवक्सले फाइनलमा स्थान बनाएको हो ।यो खेलमा पनि सोमपाल भने टिममा थिएनन् ।

वोल्भसले दिएको २०१ रनको बिशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हक्सले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । हक्सको जितमा साइमान अनवार र जेपी डुमिनीले अर्धशतकिय पारी खेले । अनवारले २३ बलमा ५२ रन बनाए । उनले ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै जेपी डुमिनीले अविजित ५० रन बनाए । उनले ३४ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्राम्पटोन वोल्भसले निर्धारित २० ओभरमा सात विकेटको गुमाउदै २०० रन बनाएको थियो । उसका लागि कप्तान डरेन सामीले ३३ रन बनाए । यस्तै साहित अफ्रिदी र बाबर हायातले समान ३२-३२ रन बनाए भने वहाँब रियाज २३ रनमा नट आउट रहे ।हक्सले अब उपाधिका लागि भेनकाउभर नाइट्सको सामना गर्नेछ । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु