त्रिशूली दुर्घटना अपडेट : शव फेला परेका सबैको परिचय खुल्यो

एटुजेड समाचार

धादिङ, साउन २६ – शुक्रबार बिहान धादिङको बेनिघाटरोराङ गाउँपालिका–३, सलाङघाटबाट त्रिशूली नदीमा यात्रुबस खस्दा भएको दुर्घटनामा परी ज्यान गुमाउने ९ जना कै परिचय खुलेको छ । दुर्घटनामा परेका मध्य अहिले सम्म ९ जनाको शव फेला परेको र ति सबैको परिचय खुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएकी सर्लाही त्रिभुवन नगरपालिका ४ की शोभा रौनियारको शनिबार अबेर परिचय खुलेको हो । त्यस्तै दुर्घटनामा ज्यान गुमाउनेहरुमा सर्लाहीका २५ वर्षका विजय कुर्मी, सर्लाहीको मलंगवा १ का सुनिल कुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षकी निमा श्रीवास्तव,मलंगवा नगरपालिका ६ का ५५ वर्षका जगरनाथ राय यादव, सर्लाहीको हरिवनका ४६ वर्षका बिनोदप्रसाद उप्रेती,महोत्तरीको बर्दिबास नगरपालिका ६ का २५ वर्षकी सरीताकुमारी महताे र उनका ६ वर्षका छोरा आशिषकुमार साह र भारत सितामढी बस्ने वर्ष ३० को अजय ठाकुर, रहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु