साउन २६ – प्रि–सिजनको मैत्रीपुर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब एसएस नेपोलीबिरुद्द सानदार जित हात पारेको छ । आइतबार बिहान सम्पन्न खेलमा बार्सिलोनाले नेपोली बिरुद्द ४-० को सानदार जित निकालेको हो ।
बार्सिलोनाको जितमा लुइस स्वारेजले २ गोल गरे भने एन्टोइन ग्रिजम्यानले बार्सिलोनाका पहिलो गोल गरे । यस्तै अर्को एक गोल भने उस्मान डेम्बेलेले गरे । चारै गोल दोस्रो हाफमा सम्भव भएको थियो । सुरुवात देखी नै नेपोली माथि दबाब बनाए पनि पहिलो हाफमा भने बार्सिलोनाले गोल गर्न सकेन । पहिलो हाफमा डेम्बेले, स्वारेज र ग्रिजम्यानले केही अवसरलाई गोलमा परिणत गराउन सकेनन् ।
दोस्रो हाफमा भने बार्सिलोनाले ४ गोल गर्यो । बार्सिलोनाले १५ मिनेट भित्रै ४ गोल गरेर नेपोलीलाई स्तब्ध बनायो । दोस्रो हाफको खेल शुरु भएको तेस्रो मिनेटमा नै बार्सिलोनाले गोलको खाता खोल्यो । उसका लागि स्वारेजले पहिलो गोल गरे । ग्रिजम्यानको प्रहार नेपोलीको गोल रक्षकले बचाउ गर्दा भएको रिबाउण्ड बललाई स्वारेजले कुनै गल्ती नगरी गोलमा परिणत गराए ।
खेलको ५६ औं मिनेटमा ग्रिजम्यानले बार्सिलोनाको अग्रता दोब्बर बनाए । जोर्डी अल्बाको क्रसमा उनले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए । उक्त गोल ग्रिजम्यानले बार्सिलोनाका लागि गरेको पहिलो गोल हो । त्यसको २ मिनेट बित्न नपाउदै बार्सिलोनाले फेरी अर्को गोल गर्यो । ५८ औं मिनेटमा स्वारेजले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता ३-० पुराए । उनले डेम्बेलेको पासमा गोल गरे । ६३ औं मिनेटमा डेम्बेलेले सुन्दर गोल गरे । उनले एकल प्रयासमा सुन्दर गोल गरे पछी बार्सिलोना ४-० ले बिजयी भयो । यस अघी पहिलो लेगमा बार्सिलोना २-१ ले बिजयी भएको थियो । एजेन्सी




