चितवन, साउन २५ – भरतपुरको रिजालचोकमा रहेको एक मदिरा पसलमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शुक्रबार राती (शनिबार) बिहान करिब १:३० बजे देखी ३ बजेको बिचमा राजेन्द्र पौडेलको लभ लाईट इन्टरप्राइजेजमा चोरी भएको हो ।
३ जनाको समुहमा आएको चोरले उक्त मदिरा पसलबाट १ थान ल्याप्टप, ५ हजार नगद र करिब ८ लाख बराबरको सामान चोरी गरेको संचालक पौडेलले बताए । उक्त पसलमा रहेको सिसी क्यामेराको फुटेज कैद भएको भिडियोका अनुसार उनीहरु ३ जनाको समुहमा आएर चोरी गरेका थिए ।
यस अघी पनि गत साउन १० गते सिर्जनाटोलमा रहेको रोशन दवाडीको दवाडी रिफ्रेश पोइन्टमा चोरी भएको थियो । उक्त पसलबाट ५ लाख ५० हजार बराबरको सामन चोरी भएको संचालक दवाडीले बताए । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


