मेस्सी सर्वाधिक कमाउने खेलाडी, शिर्ष ८ मा बार्सिलोनाका ४ खेलाडी

एटुजेड समाचार

साउन २५ – क्याटालान क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी सर्वाधिक कमाउने खेलाडीको शिर्ष स्थानमा रहेका छन् । एक हप्तामा सर्वाधिक कमाउने खेलाडीको सुचीमा मेस्सी शिर्ष स्थानमा रहेका हुन् । उनको एक हप्ताको कमाई ९ लाख युरो रहेको छ ।

यो सुचीमा दोस्रो स्थानमा युभेन्टसका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डोको एक हप्ताको कमाई ८ लाख ५० हजार युरो रहेको छ । एक हप्तामा सर्वाधिक कमाई गर्ने खेलाडीहरुको सुचीमा ८ मध्य ४ जना बार्सिलोना खेलाडी रहेका छन् । यस्तै युभेन्टस, पेरिस सेन्ट जर्मेन (पीएसजी), रियल मड्रिड र म्यान्चेस्टर युनाइटेडका समान १-१ जना खेलाडी रहेका छ्न् ।

एक हप्तामा सर्वाधिक कमाई गर्ने खेलाडीहरुको तेस्रो स्थानमा यसै सिजन बार्सिलोनामा अनुबन्धित एन्टोइन ग्रिजम्यान रहेका छन् । उनको एक हप्ताको कमाई ७ लाख २५ हजार युरो रहेको छ । चौथो स्थानमा पीएसजीका नेयमार (६ लाख ७५ हजार युरो, पाचौ स्थानमा बार्सिलोनाका लुइस स्वारेज (६ लाख २५ हजार युरो), छैटो स्थानमा रियल मड्रिडका ग्यारेथ बेल (६ लाख युरो), सातौमा म्यान्चेस्टर युनाइटेडका एलेसिज सान्चेज (५ लाख ५ हजार युरो) र आठौ स्थानमा बार्सिलोनाका फिलिपे कौटिन्हो (५ लाख युरो) रहेका छन् । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु