साउन २४ – युईएफए युरोपा लिग सिजन २०१८-१९ को उत्कृष्ट ३ मनोनयनमा परेका खेलाडीहरुको नाम सार्वजनिक भएको छ । जसमा चेल्सीबाट २ खेलाडी परेका छन् भने इन्ट्र्याच फ्रेंकफर्टका एक खेलाडी परेका छन् । चेल्सीबाट क्लबका पुर्व खेलाडी इडेन हाजार्ड र ओलिभर जिरोउड तथा फ्रेंकफर्टबाट लुका जोभिक उत्कृष्ट ३ को मनोनयनमा परेका हुन् ।
हालै यसै सिजन मात्रै स्पेनिस क्लब रियल मड्रिडमा आबद्द भएका चेल्सीका पुर्व फर्वार्ड हाजार्डले गत सिजन युरोपा लिगको ८ खेल खेलेका थिए । उनले ८ खेलमा २ गोल गर्नुका साथै २ गोलको लागि एसिस्ट समेत गरेका थिए । फाइनलमा आर्सनललाई ४-१ ले पराजित गर्दा हाजार्डले २ गोल गरेका थिए ।
चेल्सीकै अर्का फर्वार्ड जिरोउड गत सिजनको युरोपा लिगको सर्वाधिक गोलकर्ता हुन् । उनले गत सिजन १४ खेल खेल्दै ११ गोल गरेका थिए । यस्तै उनले ५ गोलको एसिस्ट समेत गरेका थिए । उता फ्रेंकफर्टका जोभिकले गत सिजन १४ खेल खेल्दै १० गोल गर्नुको साथै १ एसिस्ट गरे ।
४८ क्लबका प्रशिक्षक, ५५ जना पत्रकार तथा युईएफएका सदस्यका सदस्यहरुको भोटिङको आधारमा ३ जना छनोट भएका हुन् । बिजेताको घोषणा भने मोनाकोले अगस्ट ३० मा हुने युईएफए युरोपा लिगको समुह चरणको ड्र सार्वजनिक कायक्रम बिच गर्ने बताईको छ । एजेन्सी


