मेस्सीको नाममा फेरी अर्को अवार्ड

एटुजेड समाचार

साउन २४  – बार्सिलोनाका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले फेरी अर्को अवार्ड हात परेका छन् । बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीले च्याम्पियन्स लिग सिजन २०१८-२०१९ कै उत्कृष्ट गोलको अवार्ड जितेका हुन् ।

गत सिजन च्याम्पियन्स लिगमा लिभरपुल बिरुद्द मेस्सीले गरेको गोल बर्षकै उत्कृष्ट गोल घोषणा भएको हो । गत सिजन च्याम्पियन्स लिगमा लिभरपुल बिरुद्द मेस्सीले उत्कृष्ट फ्री किक गोल गरेका थिए । उनको उक्त गोलको सबैले खुलेर तारिफ गरेका थिए ।

समर्थक तथा फुटबल प्रेमीहरुले मेस्सीकै पक्षमा भोट गरेको कारण उनले यो अवार्ड जितेका हुन् । उनी सँगै यो रेसमा विश्वकै अर्को उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो पनि रहेका थिए । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु