धादिङ, साउन २४ – धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ३ जनाको मृत्यु भएको छ भने ११ जनाको उद्धार गरिएको छ ।
सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले सेना र प्रहरीले उद्धारको काम गरिरहेका छन् । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ ।घाइतेलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।


