बार्सिलोनामा अनुबन्धित भए पछी के भने फिर्पोले ?

एटुजेड समाचार

साउन १९ – स्पेनिस युवा लेफ्ट ब्याक जुनियर फिर्पो क्याटालान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । उनी स्पेनिस क्लब रियल बेटिसबाट बार्सिलोनामा अनुबन्धित भएका हुन् । उनलाई बार्सिलोनाले २५ मिलियन युरोमा भित्र्याएको हो । २२ बर्षिय युवा लेफ्ट ब्याक फिर्पो आजै बार्सिलोना पुगेका छन् । उनलाई क्लबले आज नै समर्थकहरु माझ सार्वजनिक समेत गरेको छ ।

बार्सिलोना पुगेपछी फिर्पोले विश्वकै उत्कृष्ट खेलाडीहरु रहेको क्लबमा आउन पाउदा खुशी लागेको बताएका छन् । ‘मलाई यती राम्रो खेलाडी सँगको क्लबमा आउन पाउदा निकै खुशी लागेको छ उनले भने, आश गर्छु कि हामीले सँगै धेरै सफलता हात पार्नेछौ ।’

‘बार्सिलोनाको जर्सी लगाउन पाउदा नैकै गर्व लागिरहेको छ – उनले थपे । उनले बार्सिलोनाबाट खेल्न आफु निकै उत्साहित रहेको बताएका छन् । यस्तै उनले क्लबलाई सबै उपाधी जिताउन आफ्नो तर्फबाट सक्दो कोशीस गर्ने पनि बताएका छन् । यस सिजन क्लबमा भित्रिएका सबै नयाँ खेलाडीहरुले आज राती ग्याम्पर ट्रफ्री अन्तर्गत आर्सनल बिरुद्दको खेल अघी बार्सिलोनाका समकक्षी खेलाडीहरु भेट्नेछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु