चितवन, साउन १५ – बिद्यालयको शेयर सदस्य बनाईदिन्छु भन्दै ठगी गर्ने एक ब्यक्ती चितवनको खैरहनीबाट पक्राउ परेका छन् । खैरहनी नगरपालिका ८ कि समिता बस्नेत र रत्नदिप अधिकारीलाई सोही स्थानमा रहेको ज्ञान सुधा ईंग्लिस स्कुलको शेयर सदस्य बनाईदिन्छु भनी ठगी गर्ने सोही स्कुलका संचालक ४० बर्षिय राजकुमार दाहाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानाअरी दिएको छ ।
प्रहरीका अनुसार दाहालले बिद्यालयको शेयर सदस्य बनाईदिन्छु भन्दै समिता र रत्नदिप सँग एक करोड २० लाख ९५ हजार रुपैँया ठगी गरेका छन् । उनले रमिता सँग १ करोड १३ लाख ९५ हजार र रत्नदिप सँग ७० लाख रुपैँया लिएका थिए ।
पीडित समिता र रत्नदिपले संयुक्त रुपमा दिएको किटानी जाहेरीको बिद्यालयको शेयर सदस्य बनाईदिन्छु भन्दै ठगी गर्ने दाहाललाई ईलाका प्रहरी कार्यालय खैरहनीको बिशेष टोलीले आज पक्राउ गरेको हो । उनको चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालले जानकारी दिए ।