चितवन,साउन १० – भरतपुरमा १५ दिने निशुल्क नृत्य प्रशिक्षण कक्षा सुरु भएको छ । आज नारायणी कला मन्दिरमा सुरु भएको कार्यक्रममा वरिष्ठ कलाकार सिताराम कट्टेल तथा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चुन नारायण श्रेष्ठको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।
प्रशिक्षणमा भानु माध्यमिक विद्यालय, बालकुमारी उच्च माध्यमिक विद्यालय लगायतका गरी ५७ जना विद्यार्थीहरुको सहभागि रहेको छ । प्रशिक्षण कक्षा दिउँसो १ः०० बजेबाट २ः३० बजेसम्म हुने भएको छ । विद्यार्थीहरुको विदाको समयको सदुपयोग गर्ने उद्देश्यले नृत्य प्रशिक्षण गरेको कार्यक्रमका अध्यक्ष उद्धब जोशीले बताए ।



