प्रदेश ३ को मुख्य न्यायाधीवक्तामा थपलिया सिफारिस

एटुजेड समाचार

मकवानपुर, साउन १० – प्रदेश नम्बर ३ को मुख्य न्यायाधीवक्तामा ओमप्रसाद थपलियालाई सिफारिस गरिएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले रिक्त मुख्य न्यायाधीवक्तामा काठमाडौं महानगरपालिका –१४ कलंकी निवासी थपलियालाई सिफारिस गरेका हुन् ।

बिहीबार मुख्य न्यायाधीवक्तामा सिफारिस भएका थपलियालाई साउन १२ गते साढे ११ बजे प्रदेश प्रमुख अनुराधा कोइरालाले सफथ खुवाउने कार्यतालिका तय भएको छ । प्रदेशको मुख्य न्यायाधीवक्तामा सिफारिस गरिए पनि औपचारिक रुपमा भने मुख्यमन्त्री कार्यालयले जानकारी गराएको छैन ।यसअघि मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएपछि यो पद खाली भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु