रोमान्चक खेलमा टोटनह्यामद्वारा युभेन्टस पराजित

साउन ०५ – प्रि-सिजनको मैत्रीपूर्ण खेलमाले टोटनह्याम हट्सपरले युभेन्टसलाई स्तब्ध पारेको छ । इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सिंगापुरमा भएको खेलमा टोटनह्यामले युभेन्टसलाई ३–२ गोल अन्तरले स्तब्ध पारेको हो ।
टोटनह्यामको जितमा एरिक लामेला, लुकास मौरा र ह्यारी केनले गोल गरे । युभेन्टसका लागि गोन्जालो हिगुइन र क्रिष्टियानो रोनाल्डोले गोल गरे । खेलमा टोटनह्यामले सुरुवाती अग्रता लिएको थियो । ३१ औं मिनेटमा लामेलाको गोलबाट टोटनह्यामले अग्रता लिएको थियो ।
पहिलो हाफमा टोटनह्याम १-० ले अघी रह्यो । दोस्रो हाफमा युभेन्टस खेलमा फर्कियो । ५६ औं मिनेटमा युभेन्टसका गोन्जालो हिगुइनले गोल गर्दै बराबरी गरे । लगत्तै युभेन्टसले अग्रता लियो । ६० औंँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेपछी युभेन्टसले २–१ को अग्रता लियो । तर ६५ औं मिनेटमा मौराले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए ।खेलको अतिरिक्त समयमा ह्यारी केनले गोल गरेपछी टोटनह्यामले युभेन्टसलाई ३-२ ले स्तब्ध बनायो । एजेन्सी
तपाइँको प्रतिक्रिया