डिभिजन प्रमुख र इञ्जिनियर १४ लाख ६८ हजार रुपैयाँ घुससहित पक्राउ

एटुजेड समाचार

दोलखा, साउन ०४ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ लाख ६८ हजार रुपैयाँ घुससहित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका डिभिजन प्रमुख र सिन्धुपाल्चोकका इञ्जिनियरलाई पक्राउ गरेको छ ।आयोगले घुस रकमसहित डिभिजन प्रमुख प्रकाश अधिकारी र इञ्जिनियर भोगेन्द्र शाहलाई पक्राउ गरेको हो ।

प्रमुख अधिकारीको साथबाट १३ लाख ३८ हजार रुपैयाँ र शाहको साथबाट १ लाख ३० हजार रुपैयाँ बरामद गरेको छ । ठेकेदार र उपभोक्ता समितिबाट कमिसनका रुपमा त्यो रकम लिएका उनिहरु शुक्रबार साँझ दोलखाबाट काठमाण्डौ जाने क्रममा सिन्धुपाल्चोकको सुकुटेबाट पक्राउ परेका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु