कारागार भित्र कैदीको साथबाट पेन क्यामेरा फेला

एटुजेड समाचार

बझाङ ,साउन ४-जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामेरा फेला परेको छ। ६ महिनअघिको विषयलाई लिएर कैदीहरुबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरित जासुसी क्यामरा राखेको रहस्य बाहिरिएको समाचार नागरिक दैनिकमा छ।

जेलमा बसेकामध्ये कसैले कारागारको गतिविधिसँगै सुरक्षा स्थितिसम्बन्धी दृश्य रेकर्ड गरी बाहिर पठाउने गरेको सूचना प्राप्त भएपछि गरिएको जाँचमा जबरजस्ती करणीमा जेल सजाय काटिरहेका आरएन भनिने ईश्वर थापाको झोलामा लुकाएर राखेको अवस्थामा सो पेन क्यामरा भेटिएको जेलर राजेन्द्रबहादुर बोहराले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु