चितवन, साउन २ – उच्च शिक्षाका लागि विदेश जाने नेपाली बिद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा शैक्षिक मेला सम्पन्न भएको छ । प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले भरतपुर गार्डन रिजोर्टमा आयोजना गरेको शैक्षिक मेलामा ३ सय भन्दा बढी विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।
शैक्षिक मेलामा सहभागी विद्यार्थीहरुलाई बैदेशिक शिक्षाको बारेमा परामर्श दिईएको थियो । मेलामा विद्यार्थीहरुले बिभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुसँग प्रत्यक्ष परामर्श लिएका थिए । विद्यार्थीहरुले कलेज तथा विश्वविद्यालयहरुको शुल्क, बिषय छनोट र त्यहाँको संस्कृतिको बारेमा जानकारी लिएको कन्सल्टेन्सीका चितवन निर्देशक सन्तोष खनालले बताए ।



विद्यार्थीहरुले अष्ट्रेलियाका बिभिन्न कलेज तथा युनिभर्सिटीका बारेमा जानकारी लिएका थिए । यस्तै मेलामा विद्यार्थीहरुलाई अष्ट्रेलिया जाँदा आवश्यक पर्ने बैंकिक प्रकृयाको बारेमा पनि परामर्श दिईएको थियो । बैंकिक प्रकृयाको बारेमा सिद्धार्थ बैंकले जानकारी गराए खनालले बताए ।
बिहान १० बजेबाट सुरु भएको शैक्षिक मेला साँझ ५ बजेसम्म सन्चालन भएको थियो । मेलामा १८ युनिभर्सिटीका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । लामो समय देखी उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई सेवा दिदै आईरहेको प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको चितवन कार्यालय सहिदचोक नारायणगढमा रहेको छ ।