असार ३० । चालु आर्थिक वर्षमा वन्यजन्तुका कारण २ सय ५५ घटना भएका छन । ्चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार ती घटना मध्ये ११ जनाको ज्यान गएको छ भने ४५ जना घाइते भएका थिए । आज निकुञ्जले भरतपुरमा पत्रकारसँगको छलफल कार्यक्रममा उक्त जानकारी दिएको हो । निकुञ्जका प्रमुख सरक्षण अधिकृत वेदकुमार ढकालले जंगली हात्तीका कारण ६ जना, वाघको आक्रमणवाट २ जना, गैंडाको आक्रमणवाट २ जना, मगर गोहीका कारण १ जनाले ज्यान गुमाएको जानकारी दिनु भयो ।
सो अवधिमा वन्यजन्तुको आक्रमणबाट ४५ जना घाईते भएका थिए । यसगैरी वन्यजन्तुको आक्रमणबाट १२ वटा घरगोठमा क्षती पुगेको छ भने पशुधन क्षति ८० वटा, बालीनालीका घटना एक सय वटा र अन्न क्षति ७ वटा भएको छ । कार्यालयले वन्यजन्तुका कारण क्षती भएका मानव तथा अन्य गरी रु १ करोड ५६ लाख ८ हजार २ सय ७९ क्षतीपुर्ति वापत रकम बुझाएको ढकालले जानकारी दिनुभयो ।
सो अवधिमा चालु आर्थिक वर्षमा ४३ वटा गैडा कालगतिले मरेको जानकारी दिईएको थियो । जस मध्ये दुईवटा डिभिजन वन कार्यालय चितवनको क्षेत्र र अन्य मध्ये निकुञ्जको कोर क्षेत्रमा ३४ वटा र ७ वटा मध्यवर्ती क्षेत्रमा रहेको ढकालले जानकारी दिनु भयो । मृत भनिएका गैडाहरु दुई वर्ष अघि आएको बाढीमा परेका र जुधेर मरेको उहाँले वताउनुभयोे ।
यस्तै आठ वटा गैंडा उद्धार गरिएको छ । सोही समयमा ११ वटा बाघ, एउटा चितुवा, एउटा मगर गोही, ४ वटा चित्तल, २ वटा रतुवा, एउटा वटा कछुवा, एउटा मयुर, एउटा सालक, १ सय ७ वटा अजिंगर, एउटा बँदेल र एउटा सारसको उद्धार गरिएको निकुञ्जले बताएको छ ।


