चितवन, असार २८ – अबिरल वर्षाको कारण आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । यस्तै १३ जना बेपत्ता तथा २१ जना घाइते भएका छन् । भोजपुरमा पाँच, ललितपुरमा चार, काठमाडौँ र खोटाङ्गमा तीन–तीन जनाको ज्यान गएको छ ।
यस्तै सिन्धुली, काभ्रे तथा मकवानपुरमा दुई–दुई जनाको ज्यान गएको छ । झापा, इलाम, ओखलढुंगा, बारा, पर्सा, रामेछाप र धादिङमा एक एक जनाको ज्यान गएको छ । यस्तै पहिरोका कारण विभिन्न जिल्लाका सडक अवरुद्ध भएका छन् । महोत्तरीमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको पूल बगाउँदा यातायात अवरुद्ध बनेको छ ।
काभ्रेमा विपि राजमार्ग, हेटौँडा राजमार्ग, कान्तिलोक पथ र त्रिभूवन पथ बन्द भएका छन् । यस्तै विभिन्न जिल्लामा पहिरोका कारण सडक अवरुद्ध भएका छन् ।


