‘गीत गजल’ को ‘छ कि छैन’ सार्वजनिक (भिडियो सहित)
चितवन, असार २८ – नितिन चन्द निर्देशित चलचित्र ‘गीत गजल’ को गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘छ कि छैन तिमीलाई थाहा’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो ।
सार्वजनिक रोमान्टिक गीतमा रुप पोख्रेल र आरोही सिंह फिचर्ड रहेका छन् । गीतमा रुप र आरोही एक अर्काको प्रेममा डुबेको देखाईएको छ । भारतको गोवा र नेपालमा खिचिएको गीतका दृश्यहरु सुन्दर रहेका छन् ।
अर्जुन पोख्रेलको शब्द संगीत रहेको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर रहेको छ । गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा निर्देशक चन्दकै कोरियोग्राफी रहेको छ ।
आरोहन क्षेत्रीले निर्माण गरेको चलचित्रमा रुप र आरोहीको अलावा आन्ङ्गया करनजित, सान्त्वना भट्टराई, रश्मी भट्ट, बिशाल पहाडी, ओम प्रतिक गुरुङ लगायतको अभिनय रहेको छ । अस्मिता पोख्रेलको कथा रहेको चलचित्रको पटकथा पनि अस्मिताकै रहेको छ ।
सुजन आचार्य सह निर्माता रहेको चलचित्रलाई बाबु श्रेष्ठ र सुरेश काफ्लेले खिचेका हुन् भने अर्जुन जिसी र सन्देश शाहले सम्पादन गरेका हुन् । आरोहन प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘गीत गजल’ असोज २४ गते प्रदर्शन हुनेछ।
तपाइँको प्रतिक्रिया