म बार्सिलोनाबाट सबै उपाधी जित्न चाहन्छु – नेटो

असार २४ – गोलरक्षक जेस्पर सिलेसनले क्लब छोडेपछी स्पेनिस क्लब बार्सिलोनाले नयाँ गोलरक्षक अनुबन्ध गरेको छ । बार्सिलोनाले सिलेसनको स्थानमा ब्राजिलियन गोलरक्षक नोर्बेर्टो मुरारालाई क्लबमा अनुबन्ध गरेको छ । नेटो नामले परिचित उनले हालै मात्र क्लब सँगको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
बार्सिलोनाको नयाँ गोलरक्षकको अनुबन्धित भएका नेटोले बार्सिलोनाबाट सबै उपाधी जित्ने आफ्नो लक्ष्य रहेको बताएका छ्न् । क्लब सँगको सम्झौता पत्रमा हस्ताक्षर गर्दै उनले यस्तो बताएका हुन् । ‘म बार्सिलोनाबाट सबै उपाधी जित्न चाहन्छु – बार्सिलोना पुगेपछी उनले भने ।’
‘मेरो लक्ष्य भनेको बार्सिलोनाबाट सबै उपाधी जित्नु हो किनकी म बिजेता हुँ । जब तपाई बार्सिलोना जस्तो क्लबसँग जोडीनु हुन्छ तपाई खाली जित बारे मात्र सोच्नुहुन्छ – उनले भने ।’ उनी भ्यालेन्सियाबाट २६ मिलियन युरोमा बार्सिलोना गएका हुन् ।
तपाइँको प्रतिक्रिया