लायन्स क्लब अफ बैद्दिकनगरको नयाँ कार्यसमितीलाई पद हस्तान्तरण

एटुजेड समाचार

चितवन, असार २३ – बर्ष २०१९/२० का लागि लक्ष्मीकान्त शाखीको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको लायन्स क्लब अफ बैद्दिकनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । भरतपुर ५ लंकुमा रहेको रेडक्रस भवनमा सोमबार एक कार्यक्रमका बिच नयाँ कार्यसमितीलाई पद हस्तान्तरण गरिएको हो ।

क्लबका चार्टर प्रेसिडेन्ट एवं डिस्ट्रिक्ट एडभाईजर ला. नारायण सापकोटा प्रमुख अतिथी रहेको कार्यक्रममा लयन बर्ष २०१८/१९ का अध्यक्ष चेतनारायण सापकोटा, सचिव खगेश्वर सापकोटा तथा कोषाध्यक्ष ईन्द्रमणी लामिछाने लायन बर्ष २०१९/२० को नयाँ कार्यसमितीलाई पद हस्तान्तरण गरेका हुन्।

क्लबको नयाँ कार्यसमितीको अध्यक्षमा लक्ष्मीकान्त शाखी, प्रथम उपाध्यक्षमा विजय सापकोटा, द्द्तिय उपाध्यक्षमा भविलाल सापकोटा, तृतिय उपाध्यक्षमा इश्वेरी कडेल, सचिवमा ईन्द्रमणी लामिछाने तथा कोषाध्यक्षमा थानेश्वर न्यौपाने रहेका छन् । कार्यक्रम लायन बर्ष २०१८/१९ का अध्यक्ष चेतनारायण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु