रियलमा प्रशिक्षणका लागि फर्किएका बेलको समर्थकले खिल्ली उडाए

असार २३ – स्पेनिस क्लब रियल मड्रिडले नयाँ सिजनको लागि प्रशिक्षण शुरु गरेको छ । जिनेदिन जिदानेले नयाँ सिजनको लागि प्रशिक्षण शुरु गरेका हुन् । कोपा अमेरिकामा सहभागी भएका बाहेकका खेलाडीहरुले प्रशिक्षण शुरु गरेका छन् ।
टोनी क्रुस, रोड्रिगो, कार्भाहल, नाचो, ग्यारेथ बेला लगायतका खेलाडीहरुले प्रशिक्षण शुरु गरेका छन् । प्रशिक्षणमा गएका सबै जसो खेलाडीलाई समर्थकहरुले ताली बजाएर स्वागत गरे । तर ग्यारेथ बेलको हकमा भने त्यसो भएन ।
बेल प्रशिक्षणका मैदान प्रवेश गर्दा समर्थकहरुले उनको खिल्ली उडाएका छन् । त्यहा रहेका समर्थकहरुले उनको खिल्ली उडाउदै नराम्रो व्यवहार गरेका हुन् । समर्थकहरुले बेललाई अकल्पनिय व्यवहार गरेका हुन् । गत सिजनमा उनले आफ्नो खेलबाट समर्थकहरुको मन जित्न नसकेको कारण उनको खिल्ली उडाईएको अनुमान गरिएको छ । रियलमा बेलको भविष्य अन्योलमा रहेको स्रोतको दाबी रहेको छ । एजेन्सी
तपाइँको प्रतिक्रिया