असार २३ – पेरुलाई पराजित गर्दै ब्राजिलले नवौं पटक कोपा अमेरिका फुटबलको उपाधी जितेको छ । सोमबार बिहान घरेलु मैदानमा भएको खेलमा घरेलु टोली ब्राजिलले पेरुको चुनौती ३-१ ले पाखा लगाउदै उपाधी जितेको हो । यो सँगै ब्राजिलले १२ बर्ष देखीको उपाधी खडेरी पनि टारेको छ ।
नवौं पटक कोपा अमेरिका जितेको ब्राजिलले ब्यक्तिगत बिधामा पनि वर्चश्व कायम गरेको छ । ब्यक्तिगत बिधातर्फ ब्राजिलका कप्तान ड्यानी आल्भेस प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भएका छन् । यस्तै ब्राजिलका एभरटन सोआरेस र पेरुका पाउलो गुरेरो सर्वाधिक गोलकर्ता बनेका छन् । उनिहरुले समान ३-३ गोल गरेका थिए ।
उत्कृष्ट गोलरक्षक ब्राजिलका एलिसन बेकर घोषित भए । उनले प्रतियोगिताभर केबल १ मात्र गोल खाए । उता ब्राजिलकै एभरटन सोआएस उत्कृष्ट युवा खेलाडी बन्न सफल भए । एजेन्सी


