असार २१ – प्रिमियर लिग क्लब चेल्सीबाट लोनमा स्पेनिस क्लब एथ्लेटिको मड्रिड गएका एल्भारो मोराटा अब दिर्घकालिन रुपमै क्लबमा रहने भएका छन् । चेल्सी र एथ्लेटिको बिच दिर्घकालिन रुपमै मोराटालाई सम्झौता गर्ने सहमती भएपछी अब उनी एथ्लेतिको मै रहने भएका हुन् ।
मोराटा २०१९ २० को सिजनका लागि लोनमा चेल्सीबाट एथ्लेटिको मड्रिड गएका थिए । उनले एथ्लेटिकोबाट १५ खेल खेलिसक्दा ६ गोल गरेका छन् । उनी यस सिजनको अन्त्य सम्म लोनमा नै रहनेछन् र अर्को सिजन उनले दिर्घकालिन रुपमै क्लब सँगको सम्झौता पत्रमा हस्ताक्षर गर्नेछन् । उनलाई एथ्लेटिकोले २०२० २१ को सिजनको लागि अनुबन्ध गर्नेछ । एजेन्सी


