असार २१ – स्पेनिस क्लब रियल मड्रिड यतिबेला म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बा भित्र्याउन प्रयासरत रहेको छ । आउदो सिजन आफ्नो मिडफिल्ड थप मजबुत बनाउन रियल पोग्बालाई भित्र्याउन प्रयासरत रहेको हो ।
यसै बिच पोग्बालाई भित्र्याउन रियलले म्यान्चेस्टर युनाइटेड सामु नयाँ प्रस्ताव राखेको छ । इंग्लिस मिडियाहरुका अनुसार पोग्बा भित्र्याउन रियलले ७५ मिलियन युरो र साथमा ग्यारेथ बेल र इस्को मध्य एक खेलाडी युनाइटेडले दिने प्रस्ताव राखेको छ ।
पोग्बा भित्र्याउन रियल सँगै युभेन्टसले पनि चासो देखाएको थियो । तर युभेन्टस अहिले आयाक्सका कप्तान डे लाइट भित्र्याउन कसरतमा लागेको छ । यही मौकामा रियलले युनाइटेड सामु यस्तो प्रस्ताव राखेको म्यान्चेस्टर इभिनिङ न्युजले जनाएको छ । पोग्बाले पनि म्यान्चेस्टर छोड्ने इच्छा देखाएका छन् ।


